६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् ।
कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा शम्भुपुरा नजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
खाटुश्यामको भ्रमण गरेर महाराष्ट्र फर्किने क्रममा गाडीमा दुर्घटनामा परेको उनले बताए । उनका अनुसार मृत्यु हुनेमा सबै एकै परिवारका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4