+
+
Shares

बालेन भ्रमणको पूर्वसन्ध्यामा भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १७:२३

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् ।

शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले यहि मंसिर ६ र ७ गते भारत भ्रमण गर्नेछन् । उनको उक्त भ्रमणमा राजकीय सम्मान प्रदान गरिने प्रवक्ता जयसवालले बताए ।

नेपाल र भारतबीच पुरानो र बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई अझै फराकिलो बनाउनेबारे यो भ्रमणमा छलफल हुने बताए ।

साथै, उनले क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीचको महत्त्वपूर्ण कडी बनेको बताए ।

‘भ्रमणका क्रममा विकास सहकार्य, जनस्तरको सम्बन्ध, ऊर्जा सहकार्य, कनेक्टिभिटीका साथै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायत यी सबै विषयमा छलफल हुनेछ,’ उनले भने, ‘क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीच एउटा महत्त्वपूर्ण कडी बनेको छ ।’

भ्रमणका क्रममा हुने थप घटनाक्रमबारे जानकारी गराइराख्ने बताउँदै प्रवक्ता जयसवालले आफूहरूका लागि यो भ्रमण महत्त्वपूर्ण रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?