+
+
Shares

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १७:०१

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् ।

उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ थान, ल्यापटप ३ थान र मोबाइल फोन १३ थान गरी जम्मा १८ थान विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?