+

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

२०८३ मंसिर  ४ गते १६:३४ २०८३ मंसिर ४ गते १६:३४

उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् ।

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् ।

टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ ।

उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका हुन् ।

दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म हेर्दा नै फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो । केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिएको थियो ।

तर, बिक्री सुरु हुने समय भएपछि प्रयास गर्दा पनि टिकट काट्न नसकेको उनीहरूले बताएका छन् ।

टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालदेखि त्रिवि मैदानसम्म नै असन्तुष्टि बढेको हो ।

एनपीएलको फाइनल खेल भोलि हुँदैछ । त्रिवि मैदानमा साँझ ५ बजेबाट सुरु हुने फाइनल खेलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

तस्वीरहरू–

एनपीएल फाइनल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय