काठमाडौं । डाविड मलानले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई २३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका मलानले अविजित ७१ रन बनाए ।
ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।
मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे । आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्का मद्दतमा १८ रन जोडे । यस्तै कमल सिंह ऐरीले ८ बलमा १ छक्का मद्दतमा १० रन बनाए ।
बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कमिलश मिशारा ४, देव खनाल ६ रनमा आउट हुँदा, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३, उसामा मिर २ रन बनाएर आउट भए । रिजन ढकाल ४ रन बनाएर अन्तिम बलमा रनआउट भए ।
बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

प्रतिक्रिया 4