News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनविरुद्ध एनपीएलको अन्तिम खेलमा घाइते भएका सोमपाल कामी कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट बाहिरिएका छन्।
- क्यानले सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरेको छ।
- ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ।
३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत चितवन विरुद्ध भएको अन्तिम खेलमा घाइते भएपछि सोमपालले प्रतियोगिता गुमाउने भएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरेको जनाएको छ।
यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ।
राइजिङ स्टार्स एसिया कप बिहीबारदेखि कतारमा सुरु भएको छ ।
प्रतिक्रिया 4