+
+
Shares

रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १६:२५

४ मंसिर, काठमाडौं । चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?