+
+
Shares

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर–१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा मृत्यु भएको छ ।
  • शुक्रबार बिहान ९ बजे बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा अन्य दुई जना सामान्य घाइते भएका छन् ।
  • प्रहरीले ३३ वर्षीय चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा चिकित्सकले पौने १० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् ।

भरतपुर महानगरपालिका–१६ फुर्तीचोक का ३३ वर्षीय कार चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?