+
+
Shares

काभ्रेको बुडोलमा दुई बस ठोकिँदा २० जना घाइते

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको बनेपा नगरपालिका– ६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।
  • बनेपाबाट धुलिखेलतर्फ र धुलिखेलबाट बनेपातर्फ जाँदै गरेका बस ठोकिँदा घाइते भएकालाई शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल लगिएको छ।
  • डीएसपी राकेश थापाका अनुसार १६ जनाको शिर मेमोरियल अस्पताल र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

२६ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका– ६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बनेपा लगिएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाले १६ जनाको सिर र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?