+
+
Shares

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तर प्रदेशको चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
  • जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताउनुभयो।
  • ट्रयाक्टरसँग जोड्ने हुक निस्किएपछि ट्रली अनियन्त्रित भएर सडक किनारमा पल्टिएको र यात्रुहरू ट्रलीमुनि च्यापिएका थिए।

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको हो ।

जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताएका छन् ।

ट्रयाक्टरसँग जोड्ने हुक निस्किएपछि ट्रली अनियन्त्रित भएर सडक किनारमा पल्टिएको बताइएको छ । दुर्घटनापछि ट्रलीमुनि च्यापिएर यात्रुहरू फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?