+
+
Shares

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देवचुलीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सामाखुसी प्रहरी वृत्तमा कार्यरत २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको मृत्यु भएको छ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भण्डारीलाई डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो।
  • प्रहरीले ट्र्याक्टर र चालक कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

२२ कात्तिक, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितले जानकारी दिए ।

उक्त ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए ।

दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?