खै, अचेल समचार सुनेर र देखेर, म आफैँ अचम्मित हुने गरेको छु ।
कुन सत्य, कुन झूठ ? छुट्याउने तराजुमै कैफियत भेट्ने गरेको छु ।
तरकारी र खाध्यान्नमा भन्दा बढी विषादी सञ्जालमा पाउँछु ।
समाचारको ओबरडोजले थाहै नपाई मानसिक तनावमा डुब्दै छु ।
मोबाइल बिना बाँच्नै नसक्ने म, छिन छिनमा स्पर्श गरिरहन्छु ।
राज्यको अंङ्गहरूका च्याट बाहिरिँदा म आफैँ चकित पर्छु ।
सत्य हो कि कपोलकल्पित,म नाथेले कसरी छुट्याउन सक्छु ?
न्याय, शान्ति र राज्यप्रतिको भरोसा गुम्दा हरेक राष्ट्रको शिर झुकेको पाउँछु।
मनिटाइजेसन भन्ने शब्दले हरेकलाई दिग्भ्रमित पारेको महसुस गर्छु ।
सेटिङ, पहुँच र लेनदेनको व्यापार संसार भरि मौलाएको देख्छु ।
महङ्गी, देखासिकी, बेरोजगारी र सञ्जालबाट पीडित भएका धेरै मानिसहरू भेट्छु ।
अब त बोल्दा, लेख्दा र फोटो खिच्दा पनि बिचार गरौं साथी,
‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु ।’
प्रतिक्रिया 4