१७ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो ।
बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकल चालक ढुंगाना अर्को एक मोटरसाइकलसँग गएराति सवा आठ बजे ठोक्किएका थिए । उनको उपचारको क्रममा गएराति नेपाल मेडिकल कलेजमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको नेपाल मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4