+
+
Shares

कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिका–२६ अर्घौचोकमा स्कुटरको ठक्करबाट पैदलयात्री ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको छ।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • स्कुटर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?