फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१४ बाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद ३८ हजार ४३५ रुपैयाँसहित पक्राउ गरेको छ ।
- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा तास खेलिरहेका ६ जनालाई ८ हजार १७ रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कास्की र कञ्चनपुर गरी दुई स्थानबाट जुवातास खेलेको आरोपमा कुल १६ जना पक्राउ परेका छन् ।
४ साउन, काठमाडौं । प्रहरीले कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१४ रातोडाँडाको एक घरबाट १० जनालाई पक्राउ परेका छन् । हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ३८ हजार ४३५ रुपैयाँ र चार बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ सुर्खेतटोलबाट पनि हिजो बेलुकी आठ बजे तास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट नगद ८ हजार १७ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4