+
+
Shares

कञ्चनपुरमा लागूऔषधसहित जनप्रतिनिधि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ९:३९

८ असार, महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला पक्राउ गरेको प्रहरीले बताएको छ ।

वडा सदस्य जैरूको साथबाट प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एमपुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

जैरू गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?