News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ।
- प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको र मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ।
- श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिइएको र उनी नै प्रहरीलाई खबर गर्ने व्यक्ति भएकी थिइन्।
४ जेठ, धनगढी । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ ।
दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ । यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ ।
घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए ।
घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4