+
+
Shares

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट जंगल भित्र छिरेका महिलाहरु सम्पर्कविहीन भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ८:४१
एआईबाट निर्मित सांकेतिक फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित जंगलमा च्याउ खोज्न गएका १४ जना महिला आइतबारदेखि सम्पर्कविहीन भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर रावतले बेपत्ता महिलाहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।
  • उनीहरू बिहान ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्ट हुँदै जंगल प्रवेश गरेको प्रहरीले जनाएको छ ।

४ साउन, धनगढी । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए ।

उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए ।

सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?