News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको राप्ती गाउँपालिका–३ बाघढड्डीमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जना घाइते भई लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचाररत छन्।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
१६ कात्तिक, काठमाडौं । दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो ।
सो दुर्घटनाका क्रममा मोटरसाइकल चालक सोही गाउँपालिका–६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुबाङ अस्पताल भालुबाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी सिटि अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4