१७ असोज, काठमाडौं । दाङमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर आएर दुईघटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ चौखोलास्थित सडकमा लु.प्र.०२–००२ प ५२९० नम्बरको मोटरसाइकल र रा.३ प ७५६ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।
शनिबार दिउँसो भएको दुर्घटनामा रा.३ प ७५६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५८ वर्षीय तेज बहादुर चौधरीको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले लु.प्र.०२–००२ प ५२९० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4