+
+
Shares

होर्मुजबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला

होर्मुज स्ट्रेटबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १९:१९

होर्मुज स्ट्रेटबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला भएको छ । बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार ती दुई तेल ट्यांकरमा छुट्टाछुट्टै हमला भएको हो ।

बेलायती समुद्री अधिकारीहरूले पहिलो घटनामा एउटा ट्यांकर जलमार्गबाट बाहिरिँदै गर्दा अज्ञात क्षेप्यास्त्रबाट हमला भएको बताएका छन् ।

हमलाका कारण जहाजमा सामान्य आगलागी हुनुका साथै विद्युतीय प्रणालीमा असर परेको थियो । चालक दलले आगो नियन्त्रणमा लिएपछि जहाजले आफ्नो यात्रा जारी राखेको थियो ।

त्यसको केही घण्टापछि ओमानको पूर्वमा कच्चा तेल बोकेको अर्को ट्यांकरमाथि पनि अज्ञात क्षेप्यास्त्रबाट हमला भएको थियो ।

बेलायती समुद्री निकायका अनुसार दोस्रो घटनामा पनि चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् ।

यूके मेरिटाइम ट्रेड अपरेसन्सले दुवै घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?