News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा सदस्य लेखनाथ बुढाथोकीले शरीरमा मोबिल खन्याएर दुर्व्यवहार गरेका छन् ।
- पद्मोदय पब्लिक स्कुलको व्यवस्थापन समिति निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बुढाथोकीले बोहोरामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
- घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले आरोपित बुढाथोकीलाई हालसम्म पक्राउ गर्न सकेको छैन ।
२७ असार, काठमाडौं । दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याइएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् ।
पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहोराको शरीरमा मोबिल खन्याइदिएका हुन् ।
यसको भिडियो बुढाथोकी आफैं सामाजिक सन्जालमा पोष्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।
बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्न दबाब दिँदै आए पनि बोहराले मानेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4