+
+
Shares

दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १३:१३

१९ असार, काठमाडौं । दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला परेका छन् ।

राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?