+
+
Shares

प्यारो राष्ट्र नेपाल

राकेश कुमार झा ‘रसिक’ राकेश कुमार झा ‘रसिक’
२०८३ असार १९ गते १२:५१

तराई, मधेश, पहाड र हिमाल ।
विश्वका शिखर सगरमाथा हिमाल ।
सयौं जातजातीले बनेको यो नेपाल ।
सबै नेपालीका छन् छाती विशाल ।
म हुँ नेपाली, मेरो राष्ट्र नेपाल ।
प्राण भन्दा प्यारो राष्ट्र नेपाल ।।

गढीमाई, दन्तकाली र छिन्नमस्ताको शिर ।
मठ, मन्दिर, गुम्बा र मस्जिदको तस्वीर ।
अरनिको, बुद्घ, भृकुटी र सीताको झ्याल ।
नदीनाला, झरना, खोला, पोखरी र ताल ।
म हुँ नेपाली, मेरो राष्ट्र नेपाल ।
प्राण भन्दा प्यारो राष्ट्र नेपाल ।।

जितिया, गौरा, इद र ल्होसार ।
क्रषि, महर्षिको अनुपम भण्डार ।
काँडेभ्याकुर, डाँफे र मुनाल ।
दशरथ, भक्ति र गंगालाल ।
म हुँ नेपाली, मेरो राष्ट्र नेपाल ।
प्राण भन्दा प्यारो राष्ट्र नेपाल ।।

दोचा, दौरा, धोती, कुर्ता र सुरुवाल ।
इन्द्रेणीझैं भाषाभाषीको पर्खाल ।
मादल, नगर, डम्फू र करताल ।
सूर्य, चन्द्र अंकित झण्डा कमाल ।
म हुँ नेपाली, मेरो राष्ट्र नेपाल ।
प्राण भन्दा प्यारो राष्ट्र नेपाल ।।

लेखक
राकेश कुमार झा ‘रसिक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?