+
+
Shares

दाङमा देउवा-कोइराला समूहको भेला, को को छन् सहभागी ?

नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्षीय नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १५:२८

१६ असार,बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्षीय नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ ।

यसअघि दाङमै गर्ने भनी मिति समेत घोषणा भएको भेला अन्तिममा स्थगित भएको थियो । विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि पार्टीभित्र फेरिएको आन्तरिक समीकरण, आगामी राजनीतिक रणनीति लगायत विषयमा निर्णय लिन भेला आयोजना भएको हो ।

पार्टीको १४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता र तत्कालीन सहमहामन्त्री किशोर सिंह राठोर प्रमुख अतिथि रहेको भेलामा लुम्बिनीका पूर्व मुख्मन्त्री तथा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) , लुम्बिनी प्रदेशसभामा कांग्रेस प्रमुख सचेत जमुना ढकाल लगायत सहभागी छन् ।

सो समूहका एक नेताले दिएको जानकारी चौधरी, थापा र ढकाल सहित १२ जना प्रदेश सभा सदस्य भेलामा सहभागी भएका छन् । लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् ।

पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित भेला आयोजना गरेको नेता गेहेन्द्र गिरीले बताए ।

देउवा समूहले यसअघि ६ प्रदेशमा भेला गरिसकेको छ । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी छन् ।

भेलालाई गुरू बराल, किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?