+
+
Shares

बागमतीका मुख्यमन्त्री भन्छन्– उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहित गर्छौं

प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १५:४७

१६ असार, चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिए ।

‘अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक सङ्कलन केन्द्र नीति अघि सारेका छौँ,’ उनले भने, ‘सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।’

महिलाहरू आफैँ अग्रसर भएर बिचौलियाको प्रभावबिना सिधैँ किसानबाट उत्पादित ६५ टन बेसार सङ्कलन, प्रशोधन र ब्रान्डिङ गरी बजारमा ल्याएकामा मुख्यमन्त्री बानियाँले खुसी व्यक्त गरे ।

बजेट पारित भएलगत्तै साउनभित्रै प्रक्रिया अगाडि बढाई यस्ता उद्यमशील महिलाहरूद्वारा सञ्चालित उद्योगलाई थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

केही सहकारीहरूमा सर्वसाधारणको रकम दुरुपयोग हुँदा समाजमा त्रास र अविश्वास बढेको तर्फ इङ्गित गर्दै मुख्यमन्त्री बानियाँले सफल सामाजिक उद्यमी महिला सहकारीजस्ता उत्पादन र विशुद्ध कर्ममा जोडिएका संस्थाहरूले नै सहकारी क्षेत्रको गरिमा जोगाउने दाबी गरे । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?