+
+
Shares

चुनावबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

ठूलो संघर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यस्थामाथि खतरा बढेको उल्लेख गर्दै उनले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागि परेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औंल्याए ।

रासस रासस
२०८२ माघ १८ गते १९:४३
फाइल तस्वीर

१८ माघ, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् ।

बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणवादी शक्तिलाई आग्रह गरे ।

ठूलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यस्थामाथि खतरा बढेको उल्लेख गर्दै उनले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औँल्याए ।

विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेनजी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेनजी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताए ।

प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवासुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्दै उनले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?