+
+
Shares

थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित

मुख्यमन्त्री बानियाँ भन्छन्– सुरक्षित सुत्केरी महिलाको नैसर्गिक अधिकार

थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पालिकाभर १२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:२८

८ भदौ, काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषित भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक कार्यक्रमका बीच थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रत्येक गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको भन्दै सुरक्षित सुत्केरी हुने वातावरण बनाउनु प्रदेश सरकारको पनि उच्च प्राथमिकता रहेको बताए ।

उनले थाहा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

थाहा नगरपालिकामा सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको तथा नगरपालिकामा मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

मकवानपुर गृहजिल्ला रहेका मुख्यमन्त्री बानियाँले मकवानपुरको उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासलाई पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताए ।

एमाले प्रमुख सचेतक एवं सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बर्तौलाले थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रशंसायोग्य कार्य गरेको धारणा राखे ।

थाहाले १७ साउन २०७६ मा ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो ।

अन्य वडामा पनि पूर्ण संस्थागत सुत्केरी घोषणापछि नगरपालिकालाई नै घोषणा गरिएको हो ।

थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पालिकाभर १२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?