+
+
Shares

बागमतीमा इन्द्र बानियाँलाई विश्वासको मत दिन एमालेले लगायो ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ८:३९
नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

२५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।

एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक राखेको छ ।

गत २० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले यही साउन २७ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको छ ।

ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिन तीन बुँदामा ह्वीप जारी गर्ने निर्णय भएको उनले बताए श्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?