+
+
Shares

महाधिवेशनबारे परिपक्व निर्णय गरौं : इन्द्र बानियाँ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताएका छन्।
  • बानियाँले मंसिरमा नियमित वा विशेष महाधिवेशन सम्भव नभएको र पार्टीभित्र विवादलाई विन–विन सिचुयसनमा समाधान गर्नुपर्ने बताए।
  • उनले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक रहेको र २१ फागुनका लागि निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बिहीबार धारणा राख्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बानियाँले महाधिवेशनबारे अपरिपक्व निर्णय गर्दा पार्टीलाई क्षति पुग्ने बताए ।

‘महाधिवेशन गर्ने मितिबारे निर्णय गर्दै जाने र पछि त्यसलाई कार्यान्वयनको वातावरण नबनाइ अर्को निर्णय गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ,’ बागमतीका मुख्यमन्त्रीसमेत रहेका बानियाँले भने, ‘निर्णय गर्दा केन्द्रीय समितिले विशेष मनन गरेर निर्णय गर्नुपर्दछ ।’

उनले महाधिवेशनको विषयमा देखिएको पार्टीभित्रको पछिल्लो विवादलाई दुवै पक्षले जीतको महसुस गर्नेगरी समाधान गर्नुपर्नेमा जोड दिए । ‘हामी विन–विन सिचुयसनमा जाने अवस्था बनाउनुपर्छ,’ बानियाँले भने ।

प्रदेश सभापति बानियाँले आगामी मंसिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको पनि बताए ।

‘विशेष महाधिवेशनको बहस भइरहेको छ । प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मंसिरभित्र हुने अवस्था देख्दिनँ,’ उनले भने, ‘क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन ।’

मुख्यमन्त्री बानियाँले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक रहेको पनि बताए । पार्टी आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जानुपर्ने भन्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?