+
+
Shares

प्रदेश समन्वय परिषद्‌‌ बैठक माग गर्दै बागमतीका मुख्यमन्त्रीलाई संघ र महासंघको ज्ञापनपत्र

उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन र युवाको सहभागितासहितका जायज मागमा समर्थन पनि जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
  • ज्ञापनपत्रमा प्रदेश–स्थानीय सरकारबीच सहकार्य, जेन–जी प्रदर्शनको समीक्षा, पुनर्निर्माण योजना र स्रोतसाधन उपयोगबारे छलफल गर्नुपर्ने उल्लेख छ।
  • मुख्यमन्त्री बानियाँले उठाएका विषय सम्बोधन गर्न चाँडै बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

९ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा प्रदेश–स्थानीय सरकारबीच प्रभावकारी सहकार्य, जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको समीक्षा, पुनर्निर्माण तथा पुन:स्थापना योजना, चालु आवका योजना कार्यान्वयन, क्षतिग्रस्त संरचनाको अस्थायी व्यवस्था र स्रोतसाधनको उपयोगबारे तत्काल छलफल गर्नुपर्ने उल्लेख छ । साथै, राष्ट्रिय समन्वय परिषद बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्ने माग गरिएको छ ।

संघ/महासंघले जनप्रतिनिधिलाई धम्की, आगजनी, तोडफोड, चोरी, लुटपाटमा संलग्नलाई कारबाही, स्थानीय सरकार र जिल्ला समन्वय समितिलाई उपलब्ध हुने अनुदान कटौती नहुने सुनिश्चितता, शान्तिसुरक्षा कायम, घाइतेको निःशुल्क उपचार र ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन र युवाको सहभागितासहितका जायज मागमा समर्थन पनि जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले उठाइएका विषय सम्बोधन गर्न चाँडै बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ज्ञापनपत्र बुझाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुईटेल, सहसचिव तारा ढुंगाना लगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?