+
+
WC Series
पोखरा एभेन्जर्स 2025
69/4 (10.2)
VS
५८ बलमा ९७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते ७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्।
  • आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई ‍हटाएर बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
  • बानियाँलाई विश्वासको मत दिन कांग्रेस र एमालेले ह्वीप लगाएका छन्।

२७ साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।

बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?