0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

खड्काले भने : सभापति थापासँग संवाद नभएको ३१ दिन भयो

सभापति थापासँग सम्पर्क/संवाद नभएको आज ३१ दिन भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगनकुमार थापासँग ३१ दिनदेखि सम्पर्क र संवाद नभएको बताएका छन् ।
  • खड्काले दुई महिनादेखि पार्टी एकताका लागि प्रयत्न गरे पनि कुनै प्रगति हुन नसकेको उल्लेख गरेका छन् ।
  • १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने नाममा दिइएको दबाब पार्टी जीवनका लागि घातक भएको खड्काको भनाइ छ ।

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन कुमार थापाले पार्टी एकताका लागि प्रयास नगरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्पत खड्काले सभापति थापासँग सम्पर्क/संवाद नभएको आज ३१ दिन भएको बताएका हुन् ।

उनले आफूले दुई महिनादेखि पार्टी एकताको लागि प्रयत्न गर्दा पनि कुनै प्रगति नभएको बताएका छन् ।

‘म अन्ततः याे स्टाटस लेख्न बाध्य भएकाे छु । विभिन्न सामाजिक सञ्जाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारीहरू, नेताहरू र क्रियाशील सदस्य साथीहरू सबैमा म प्रष्ट पार्न चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘ सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिकाे सम्पर्क/संवाद नभएकाे आज ३१ दिन भयाे ।’

उनले केही दिनदेखि विकसित राजनीतिक घटनाक्रमबाट आफू चिन्तित भएको पनि बताएका छ्न् ।

खड्काले पार्टीको १५औं महाधिवेशन र यसअघि नवीकरण गराएका तथा नयाँ क्रियाशीलहरूलाई अध्यावकिकको नाममा दबाब दिइएको भन्दै देशभरबाट आफूलाई फोन आइरहेको उल्लेख गरेका छन् ।

‘१५ औं महाधिवेनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिककाे नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फाेनबाट ४/५ दिनदेखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराइराख्नु भएको छ याे प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षकाे गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले थप लेखेका छन्, ‘
हामीले १५ औं महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेकाे निहुँमा कसैलाई १५ औं महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न- गराउन सक्तैन ।’

उनले सबैलाई महाधिवेशनमा स्वत: भाग लिन पाउने व्यवस्था सुनिश्चित गर्नु नै जिम्मेवारी भएको भन्दै ढुक्क हुन नेता कार्यकर्तालाई आश्वास्त पार्न खोजेका छन् ।

‘नेताहरूकाे क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिनदेखि फैलाइएका अफवाहरू पार्टी पङ्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन्,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?