+
+
Shares

मधेशका तीन सांसदलाई कांग्रेसले गरायो सचेत

नेपाली कांग्रेसले मधेश प्रदेश सभाका तीन जना सांसदलाई सचेत गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा मधेश प्रदेश सभाका तीन जना सांसदलाई सचेत गराएको छ ।
  • सचेत गराइएकाहरूमा सर्लाहीका प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल राय छन् ।
  • उनीहरूले स्पष्टीकरणको जवाफ पठाएपछि कांग्रेस केन्द्रीय अनुशासन समितिले सचेत गराउने निर्णय गरेको हो ।

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सभाका तीन जना सांसदलाई सचेत गराएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सर्लाही प्रदेशसभा २ (१) का सांसद सकुन्ती देवी महरा, सर्लाही प्रदेशसभा २ (२)का सांसद कौशल किशोर राय र सर्लाही २ (१) कै जंगीलाल रायलाई सचेत गराएको हो ।

उनीहरू तीनै जनाविरुद्ध गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो ।

उनीहरूलाई गत वैशाख २१ गते पार्टीले स्पष्टीकरण सोधेको र उनीहरूले जवाफ पठाएसँगै सचेत गराएको कांग्रेस जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?