१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ ।
आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको बताएकी हुन् । उनले सदनलाई पेलेर सञ्चालन गरिएको भन्दै आपत्ति जनाइन् ।
विगतमा सरकारले विपक्षी दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरेको भन्दै उनले भनिन्, ‘उहाँहरूसँग दुई तिहाइ मत छ । तर हिजो छलफलमा त हुनुन्थ्यो नि । निर्णय सत्तापक्षकै हुन्छ हामी बुझ्छौं तर छलफल, जवाफ भन्ने नै नहुने हुन भएन । जनताहरू निराश भइसकेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4