+
+
Shares

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई जवाफ दिन रुलिङ गर्न सभामुख डीपी अर्याललाई आग्रह गरेको छ।
  • सभामुख डीपी अर्यालले रुलिङभन्दा संवाद गरेर अघि बढ्नुपर्ने र आज प्रधानमन्त्री उपस्थित नहुने संकेत गरेका छन्।
  • सभामुखको संकेतपछि कांग्रेसका सांसदहरूले सदन अवरोध जारी राखेका छन्।

३० वैशाख, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् ।

यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?