News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका पार्टीका जनप्रतिनिधिलाई अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन्।
- थापाले कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेलामा यस्तो कुरा बताएका हुन्।
- उनले पार्टीलाई काम र परिणाम चाहिएको र दायाँ–बाँया कुरा नगर्ने स्पष्ट पारेका छन्।
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।
‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छ भन्ने कुरा तथ्य प्रमणसहित प्राप्त भयो भने त्यसलाई अख्तियारले कारबाही गर्नु पर्दैन,’ सभापति थापाले भने, ‘अख्तियारभन्दा पहलिा मैले कारबाही गर्छु । दायाँ–बाँया कुरा छैन ।’
कर्णाली प्रदेश संसदीय दलका नेता, मन्त्री र सांसदहरू, गत निर्वाचनका सबै उम्मेदवारहरू, प्रदेश भित्रका सबै पालिका प्रमुख–उपप्रमुख सहभागी रहेको कार्यक्रममा उनले पार्टीलाई काम र परिणाम चाहिएको बताए । ‘काम चाहियो, परिणाम चाहियो,’ सभापति थापाले भने ।
प्रतिक्रिया 4