News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश सभाका कांग्रेस ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।
- कांग्रेसका ९ जना प्रदेश सभा सदस्यको उपस्थितिमा बसेको उक्त बैठकले विधान बमोजिम संसदीय दलको नेता फेरबदल गर्ने निर्णय गरेको हो ।
- हस्ताक्षरकर्ता सांसदहरूले कुनै पनि हस्तक्षेप र दबाबबिना राजीखुसीले सो निर्णयमा हस्ताक्षर गरेको दाबी गरेका छन् ।
१९ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलकाे नेताबाट हटाउने निर्णय गर्ने बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेकाे पाइएकाे छ ।
रावलकाे अध्यक्षतामा बसेको बैठकले शाहलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यकाे उपस्थिति रहेकाे थियो ।
स्रोतकाअनुसार बैठकमा प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चाैधरी,तुलसी देवकाेटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीकाे सहभागीता थियो ।
उनीहरूकाे उपस्थितिमा बसेकाे बैठकले संसदीय दलकाे विधान बमोजिम दल नेता फेरबदल गर्न सांसदकाे संख्या पुगेकाले दल उक्त निर्णय लिइएको उल्लेख छ ।
संसदीय दलकाे विधान बमोजिम दिगाे शान्ति तथा सुव्यवस्था सुदृढ गर्न संसदीय शासन प्रणालीअनुरूप विधानकाे धारा १८ काे उपधारा २ बमोजिम पूर्ण सदस्यकाे ५० प्रतिशत गणपुरक संख्या बढि पुग्न गएकोले निर्णय लिइएको भनिएकाे छ ।
हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाबबिना राजीखुसी दस्तखस्त गरेकाे निर्णयमा लेखिएको छ ।
प्रतिक्रिया 4