News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले आफ्नो पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
- कैलालीको धनगढी उपमहानगरपालिका–४ निवासी देउवा लामो समयदेखि मुलुकबाहिर रहेका थिए ।
२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
लामो समयदेखि मुलुक बाहिर रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएको क्रियाशील सदस्यता व्यवस्थापनको काम गर्दै आएका स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार उनको एनसीआईडी ४९५३०७ हो । पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् । उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4