0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सदनमा कांग्रेसको प्रश्न : प्रधानमन्त्री कुन दिन छापामार शैलीमा आएर फेरि केही बोल्नुहुन्छ कि ?

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई सदन नचाहिए पनि प्रतिपक्षीलाई चाहिने भन्दै यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:५९

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले भारतको सीमा नेपालले मिचेको भन्नेबारे आपत्ति जनाउँदै अब यसमा रुमल्लिन नहुनेमा आफूहरू प्रष्ट रहेको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई सदन नचाहिए पनि प्रतिपक्षीलाई चाहिने भन्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री फेरि कुन दिन आएर केही बोल्ने हो कि भन्ने बताउँदै चिन्ता व्यक्त गरे ।

‘प्रधानमन्त्रीलाई सदन नचाहिएला तर हामीलाई चाहिन्छ । छापामार शैलीमा कुनै दिन आउनुहोला । फेरि केही बोल्नुहोला,’ उनले भने, ‘तर अब प्रधानमन्त्रीले बोलेको विषयमा रुमल्लिनु हुन्न भन्ने जिम्मेवारी मसँग छ । तर प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति आपत्तिजनक थियो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?