News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको राजपुर गाउँपालिका-२ स्थित दुर्गा सामुदायिक वनमा ढिस्कोले पुरिएर १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ ।
- शनिबार माटो लिन गएका बेला ढिस्कोमा पुरिएका चौधरीलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
- जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीले उक्त घटनाको पुष्टि गरेका छन् ।
१० साउन, दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका- २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4