News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा ट्रक र मोटरसाइकल ठोक्किँदा चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको छ।
- आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते आचार्यको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
१६ कात्तिक, काठमाडौं । दैलेखमा ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाएर आइतबार दिउँसो दुर्घटना भएको थियो ।
उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4