News Summary
Generated by OK AI. Editorially reviewed.- मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेका ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको छ ।
- मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
११ कात्तिक, काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परेर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4