News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको उर्लाबारी गोल चोकमा ट्रकको ठक्करबाट स्कुटर चालक ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको छ ।
- मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते थापाको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।
उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र.१–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट स्कुटर चालक सोही नगरपालिका–८ बस्ने ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4