+
+
Shares

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको हरिपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको छ।
  • मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलले हरैयास्थित सडकमा सिंहलाई ठक्कर दिएको थियो।
  • दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा उपचार भइरहेको छ।

११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?