News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनपछि गाउँपालिकाले कात्तिक ९ गते सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
- उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै गाउँ कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्था बन्द रहने जानकारी दिएकी हुन् ।
- ८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको हो ।
८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् ।
शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् । तर, आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ ।
८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4