३० भदौ, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–४ गोले टोलमा चट्याङ लाग्दा १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको छ ।
घाइते अवस्थामा अस्पताल पुर्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ११ वर्षीया प्रितिमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा घाइते भएका छन् । प्रितिमालाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ भने वाइबाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4