News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच संघीय संसद्को चालू अधिवेशन अन्त्यबारे सिंहदरबारमा छलफल भएको छ।
- भेटमा चालू अधिवेशनका कामकारबाहीको समीक्षा, संसद्लाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उपाय तथा डिजिटल संसदको विषयमा पनि कुरा भएको छ।
- २८ वैशाख २०८३ बाट शुरू भएको अधिवेशनमा बजेट, बजेटसम्बन्धी कानुन, अध्यादेश स्वीकृति र प्रतिस्थापन विधेयक पारित भएका छन्।
३० भदौ, काठमाडौं । संघीय संसद्को चालू अधिवेशन अन्त्यको विषयमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा भएको भेटमा चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको हो ।
सभाध्यक्ष दाहालको सचिवालयका अनुसार यसबाहेक भेटमा संघीय संसद्लाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम र डिजिटल संसदको सन्दर्भमा पनि छलफल भएको छ ।
सरकारले संघीय संसद् अधिवेशन अन्त्यको तयारी गरिरहेका बेला संसद्को चालू अधिवेशन अन्त्यको विषयमा सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच छलफल भएको हो ।
संघीय संसद्को चालू अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको हो । चालू अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् ।
यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।
स्वीकृत अध्यादेशहरूले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा आएर पास भएर ऐनमा रुपान्तरित भएका छन् ।
प्रतिक्रिया 4