News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा गएराति चट्याङ लागेर २८ वर्षीय उमेश दाहालको मृत्यु भएको छ।
- अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्।
- घाइते दुवैको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको छ, र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२५ भदौ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पाँचखपन नगरपालिका–८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँचखपन –८ पोख्राङका २८ वर्षीय उमेश दाहाल रहेको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल वानामा पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको राजवंशीले बताए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4