+
+
Shares

सर्लाहीमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनापछि सम्पर्कविहीन भएका भ्यान चालक ३३ वर्षीय नजामुदिन बैठा प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १९:२२

२४ असोज, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साह छन् ।

शनिबार बिहान करिब ८:१५ बजे नवलपुर–मलंगवा सडकखण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको ना.१ ज ६३०८ नम्बरको भ्यानले विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि सम्पर्कविहीन भएका भ्यान चालक ३३ वर्षीय नजामुदिन बैठा प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?